Logo

अफगानिस्तानमा आत्मघाती आक्रमणमा, चार जनाको मृत्यु



१७ वैशाख : अफगानिस्तान राजधानी काबुल नजिकै बुधबार रिशखोर क्षेत्रमा एक आत्मघाती आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अफगान गृहमन्त्रालयका प्रवक्ता तारेक आरियनले बताउनुभएको छ ।

प्रवक्ता तारेकले उक्त बम हमला स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे भएको जानकारी दिए । आत्मघाती सहित चार जनाको घटनास्थलमै मृत्यु भएको र घाइते अरु १५ जनाको अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रवक्ता तारेकले उक्त आत्मघाती बम हमला तालिबान समूहले गराएको दाबी गरे । तर तालिबान समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन ।



प्रतिक्रिया दिनुहोस्