वातावरण मन्त्रालयको प्रथम चौमासिक समीक्षा

2016/12/06 6:53:48 PM

काठमाडौँ, २१ मङ्सिर । जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले मन्त्रालय र अन्तर्गतका निकायमा लक्ष्यअनुरुप कार्य प्रगति भइरहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले सबै निकायहरुले चालु आवमा तोकिएका काम समयमै गर्न कर्मचारी संयन्त्रलाई क्रियाशील बनाउन निर्देशन समेत दिनुभयो ।

मन्त्रालयको बेरुजु फछ्र्यौट सुधार गर्न निर्देशन दिँदै उहाँले चालु आवको बाँकी अवधिमा लक्षित उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो ।

मन्त्रायका सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र अन्तर्गतका निकायको वार्षिक प्रगति सन्तोषजनक नभएको र लक्ष्यअनुसारको प्रगति हासिल गर्न तदारुकताका साथ कार्य गर्न आग्रह गर्नुभयो ।

आव २०७२÷७३ का प्रथम चौमासिकमा मन्त्रालय र अन्तर्गतका नौवटा कार्यक्रम तथा आयोजनाहरुमा रु एक अर्ब ९९ करोड ९८ लाख ७५ हजार विनियोजन भएकामा रु ९२ करोड ७२ लाख १६ हजार १९० खर्च भई वित्तीय प्रगति ४६.३६ प्रतिशत रहेको छ ।

समीक्षा कार्यक्रममा मन्त्रालयको समष्टीगत प्रगति प्रतिवेदन, मन्त्रालयका योजना, अनुगमन तथा प्रशासन महाशाखा प्रमुखले र मातहत निकायका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार