बरिष्ठ उद्योगी सतिश कुमार मोरलाई मातृ शोक

2017/01/03 9:51:47 AM

Shares

काठमाडौं, १९ पुस । शिवम् सिमेन्टका संस्थापक, बरिष्ठ उद्योगी तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिश कुमार मोरलाई मातृ शोक परेको छ ।

निजकी ममतामयी माता गायत्री देवी मोरको ८१ बर्षको उमेरमा असमायिक स्वर्गारोण भएको हो ।

उद्यमी सतिश कुमार मोर नेपालमा क्लिंकर तथा सिमेन्ट उद्योग, खानी तथा खनिजजन्य पदार्थको अन्वेषण र उत्खननसँग सम्बन्धित उद्योग, खाद्य तथा बनस्पति घिउ तेल उद्योग, विद्युतीय तार तथा सोसँग सम्बन्धित मेटेरियल्स र एख्ऋ पाईप लगायतका उत्पादन मुलक उद्योगसँग सम्बद्ध रहनुका साथै आयात निर्यातसँग सम्बन्धित अन्य व्यापारमा समेत लामो समय देखि सम्लग्न रहनुभएका एक सफल व्यवसायी हुनुहुन्छ ।

उहाँ नेपाल उद्योग परिसंघका उपाध्यक्ष, नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघका उपाध्यक्ष, नेपाल समुन्द्रपार आयात तथा निर्यात संघका पूर्व अध्यक्ष एवं लक्की ग्रुप नेपाल समूहका अध्यक्ष रहनुभएको छ ।

उहाँले प्रर्वद्धन गरेका ठुला उद्योगहरु शिवम सिमेन्ट लिमिटेड हेटौंडा र होड.शी शिवम सिमेन्ट प्रा. लि.नवलपरासीका संस्थापक हुनुका साथै स्पष्ट दृष्टिकोण र दीर्घकालिन योजनाका साथ उद्योग व्यवसायमा सम्लग्न मृदुभाषी उद्योगीको रुपमा आफ्नो पहिचान बनाउनु भएका उहाँलाई पर्न गएको असमायिक मातृ शोक प्रति शिवम सिमेन्टले हार्दिक समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार