ब्राजिलको एक जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या

2017/01/07 1:03:08 PM

काठमाडौं, २३ पुस । ब्राजिलको एक जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या गरिएको छ । जेलमा भएको एक घटनामा ५६ जना मारिएको एक दिनपछि फेरि जेलमै अरु ३३ जना मारिएका हुन् ।

उत्तरी ब्राजिलस्थित जेलमा भएको उक्त घटनामा टाउको छिनालिएका ३३ शव फेला परेको अधिकारीहरुले जनाएका छन् । लागू औषध अपराधमा संलग्नहरुबीच भएको भीडन्तमा उनीहरु मारिएको रोराइमा राज्यका अधिकारीले जनाएका हुन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार