संसद बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित्

2017/01/08 1:50:20 PM

Shares

काठमाडौं, २४ पुस। व्यवस्थापिका संसद बैठक दिँउसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले २०१५ सालमा तत्कालीन खोटाङ क्षेत्र नं. १६ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धवार भई प्रतिनिधी सभा सदस्यमा निर्वा्चित मणिराम पोखरेलको निधन प्रति शोक प्रस्ताव प्रस्तुत गरेसँगै ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो।

झन्डै अघि घण्टा ढिलो गरी दिँउसो साढे १ बजे शूरु भएको बैठक अन्य कार्यसुचीमा प्रवेश नगरी स्थगित भएको हो ।

नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो। पोखरेल मुलुकको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यसेवक थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार