‘मिस नर्स नेपाल’को चौथो संस्करण आजदेखि सुरु

2017/01/08 4:46:48 PM

काठमाडौं, २४ पुस । ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नाराका साथ ‘मिस नर्स नेपाल २०७३’ आयोजना सुरु भएको छ ।
नर्सिङ पेसामा आवद्ध यूवतीहरुको व्यक्तित्व बिकास र सामाजिक काम प्रति उत्तर दायित्व बहन गराउाने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजक नेक्स्ट मोडल्ससँग मिलेर नेपाल बेष्ट क्यान्सर फाउन्डेसनले सहसंयोक रहेर गर्न लागेको नर्स सुन्दरी प्रतियोगीतामा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढि अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजकले जानाएको हो ।

बिजेताले नगद १ लाखको साथमा नेप्कम्स स्टडिजबाट फर्दर अष्ट्रेलिया अध्ययनका लागि छात्रा बृतिका साथै नेपाल बेष्ट क्यान्सर फाउन्डेशनको गुडबिल एम्बेसडर बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार