पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण निधन

2017/01/09 12:23:51 PM

Shares

काठमाडौँ, २५ पुस । ८२ वर्षीय पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण तेहरानस्थित एक अस्पतालमा निधन भएको हो । सन् १९८० को दशकका इरानको राजनीतिमा एक महत्वपूर्ण नेताका रुपमा उनको उदय भएको थियो ।

उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भएका थिए ।

रफसन्जानी एक्सपिडिएन्सी काउन्सिलको अध्यक्षसमेत थिए जसले संसद र संवैधानिक निकाय गार्डियन काउन्सिलबीच मतभेद देखिएमा त्यसलाई मिलाउने जिम्मेवारी पाएको थियो । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार