संसद बैठक जारी, शून्य र विशेष समयमा सांसदहरुले आफ्नो भनाई राख्दै

2017/01/09 2:29:00 PM

काठमाडौं, २५ पुस। आज व्यवस्थापिका–संसद्को बैठक जारी छ।नियमित कार्यसूचीमा प्रवेश गर्दै संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ।

विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दै छन्।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो।

सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ । गत मङ्सिर १४ गतेयता विपक्षीले सदन सञ्चालनमा अवरोध गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार