‘तराई झरेर’ बोलको गीत बजारमा

2017/01/09 5:13:50 PM

काठमाडौं, २५ पुस । नेपाली चलचित्र ‘मेरो देश’ भित्र समावेश भएका गीतहरूध्ये ‘तराई झरेर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्र ‘मेरो देश’ प्रजातन्त्र दिवसको अवसरमा आउँदो फागुण ६ गतेबाट देशभर रिलिज हुनेछ ।

उक्त गीतमा चलचित्रको मूख्य भूमिकामा रहेका कलाकार निशा अधिकारी र प्रज्वल गिरीलाई फिचरिङ गरिएको छ ।  विवि अनुरागीको संगीत, उदय सापकोटा ‘सुरेन’ को शब्दरहेको गीतमा अप्सरा देवकोटा र रुपक चौधरीको स्वर, रहेको छ ।

उक्त गीतले पहाड र मधेश बीचको सम्बन्धलाई मजबुद बनाउँने सन्देश बोकेको छ । तराई झरेर बोलको गीतको छायांकन वीपी हाइवे देखि सुन कोशीको तिरसम्म गरिएको छ ।

चलचित्रमा आयुष रिजाल, एलिजा प्रधान, ध्रुव कोइराला, निर शाह लगायत चर्चित कलाकारको अभिनय देख्न पाईने छ ।

उदय सापकोटाले यो चलचित्रको निर्माण गरेका हुन् । रविन्द्र बरालको कोरियोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार