‘सरसर्ती संसार’का साथ लन्डनमा पुगे जीवा

2017/01/09 5:25:49 PM

Shares

लन्डन २५ पुस । हरेक मानिसका आफुनै प्रकारका लक्ष्य र उद्देश्य हुने गर्दछन् । जीवा लामिछाने विद्यार्थीकाल देखि नै साहित्यमा रुची राख्ने व्यक्ति थिए ।

सन् २०११ मा गैर आवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व लिएसँगै उनले एनआरएन अभियान विस्तार र व्यापारको सिलसिलामा विश्वका पांचै महादेश घुम्ने मौका पाए ।

तिनै मुलुक घुम्दाका अनुभूतिलाई संग्रह गरेर महिना दिन अघि प्रकाशित ‘सरसर्ती संसार’ लिएर लन्डन आइपुगेका छन् जीवा ।
लेखनको मर्म राम्ररी बुझेकाले डायरीमा लेखिएका कुरा संग्रहमा निकालिहाल्न डर रहेछ लामिछानेलाई । ‘धेरै वरिष्ठ सर्जक, साहित्यकारहरुसंग संगत बढेपछि विस्तारै कृति निकाल्ने आंट आयो’, उनले सुनाए । नियात्रामा निजी कुरा कै वर्णन बढि हुन्छ ।

तर, लामिछानेले आफ्नो कृतिमा घुमेको ठाउंको राजनीति, रहनसहन, मानिससंग भलाकुसारी, भूगोल, इतिहास जस्ता पक्ष पनि समेटिएको बताए ।

नेपाल ब्रिटेन डटकमले आयोजना गरेको लोकार्पण समारोहलाई सम्वोधन गर्दै राजदूत डा. सुवेदीले लामिछाने अब सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैर आवासीय नेपाली अभियानका अभियन्तामात्र नभएर लेखकको पनि पंक्तिमा उभिन आइपुगेको बताए । राजदूतले लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना रहेको टिप्पणी समेत गरे ।

हाल लन्डनमा रहेका मधेसीजनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट सांसद जीतेन्द्रनारायण देवले कृति उच्चस्तरको भएको चर्चा गर्दै यसले नेपाली साहित्यमा पनि ठूलो योगदान दिने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार