पुनर्निर्माण प्राधिकरणको सिईओमा डा. गोविन्द पोखरेल नियुक्त

2017/01/11 12:39:32 PM

काठमाडौं, २७ पुस। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिईओ पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए।

नवनियुक्त सिईओ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।

त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ। कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

आजको बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिकाृ अनुमति दिने निर्णय पनि गरेको छ।
िनयुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार