अब विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने

2017/01/11 12:55:32 PM

काठमाडौं, २७ पुस। विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । अहिले ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ।

स्वीट्जरल्यान्डको ज्यूरिचमा मंगलबार भएको फिफाको बैठकले सो निर्णय गरेको हो। योसँगै विश्वकप फुटबलको अन्तिम चरणमा हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन्। त्यस्तै, विश्वकप सकिन ३२ दिन लाग्नेसमेत जनाइएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबललाई अझ बढी विस्तार गर्नका लागि र विश्वकपलाई थप रोमान्चक बनाउन टिम संख्या बढाइएको प्रतिक्रिया दिएका छन् ।

सन् १९९८ को फ्रान्स विश्वकपदेखि विश्वकपमा ३२ टिमले सहभागिता जनाउँदै आएका छन् । सन् १९३० को पहिलो विश्वकपमा भने १३ टिमलेमात्र सहभागिता जनाएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार