ईंग्लिश लिग कपमा म्यान्चेस्टर युनाईटेड विजयी

2017/01/11 1:00:06 PM

Shares

काठमाडौं, २७ पुस। इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ।

सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ। गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे।

दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ । लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन्।एजेन्सीका सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार