पर्यटनमन्त्री शाही स्वदेश फिर्ता

2017/01/11 1:06:27 PM

काठमाडौं, २७ पुस।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९ आइकाओ० को बैंककमा भएको क्षेत्रीय कार्यालयको कार्यक्रममा सहभागी हुन् थाइल्याण्ड गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही बुधबार दिउँसो स्वदेश फिर्ता भएका छन् ।

थाइल्याण्डको बैंककमा रहेको आइकाओको एसिया तथा प्रशान्त क्षेत्रको कार्यालयमा भएको दुई दिने कार्यक्रममा सहभागी हुन् मन्त्री शाही आइतबार थाइल्याण्ड गएका थिए । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका सदस्य राष्ट्रहरू नेपाल सहित एसिया प्रशान्त क्षेत्रमा रहेका मुलुकहरूको सहभागीता रहेको थियो ।

नेपाल जस्तो पर्यटकीय सम्भावना बोकेको र नागरिक उड्डयन क्षेत्रमा अगाडि बढ्ने अवस्थामा रहेको मुलुकका लागि क्षेत्रीय कार्यालयको कार्यक्रमकामा सहभागी भएर नेपालको नागरिक उड्डयन क्षेत्रको हितमा आफ्नो कुरा राख्ने महत्त्वपूर्ण अवसर समेत मानिन्छ ।

कार्यक्रममा एशिया प्रशान्त क्षेत्रमा रहेको नागरिक उड्डयन क्षेत्रको विद्यमान अवस्था र सुरक्षाको पछिल्लो अवस्था लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री शाहीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम समेत बैंकक गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार