सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई

2017/01/11 6:28:11 PM

Shares

दाङ, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

संविधान जारी गर्दा १६ बँुदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार