नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकी जासूसी संस्थाहरुविरुद्ध आक्रोशित

2017/01/12 8:27:22 AM

काठमाडौं, २८ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी जासूसी संस्थाहरुविरुद्ध आक्रोशित भएका छन् । रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उनले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन ।

रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको हारोप उनले लगाए । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ती कागजातहरु पूरै झूठो रहेको जिकीर गरे ।

ट्रम्प वेश्याहरुसँग रहेको अवस्थाको भिडीयो र अरु कारोबार बारेका गोप्य जानकारी रुससँग रहेको खबर बाहिर आएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्दै ती सबै झूठा रहेको जिकीर गरेका हुन् । जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु शर्मनाक भएको उनको भनाइ छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार