स्पेनिस किङ्स कपमा बार्सिलोना क्वाटरफाईनलमा

2017/01/12 8:30:01 AM

Shares

काठमाडौं, पुस २८ । स्पेनिस किङ्स कप फुटबलमा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना क्वाटरफाईनलमा पुगेको छ ।

बुधबार राती भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा बार्साले बिल्बाओलाई ३-१ ले पराजित गर्‍यो । यसअघि पहिलो लेगको खेलमा २-१ ले पराजित वार्सिलोना रातीको जितपछि समग्रमा भने ४-३ ले विजयी भएको हो ।

रातीको खेलमा वार्सीलोनालाई विजयी गराउन तीन चर्चित खेलाडीहरु लुईस सुवारेज, नेईमार र लियोनल मेस्सीले एक एक गोल गरे । यो सहित सुवारेजले वार्सीलोनाका लागि सय गोल पुरा गरेका छन् ।

किङ्स कप फुटबल अन्तर्गत गएराती सम्पन्न अन्य खेलहरुमा डेपोर्टीभो लाकोरुनालाई हराँउदै आलाभेज, भियारीयाललाई हराँउदै रियाल सोसीडाड र कोर्डोबालाई हराँउदै अल्कोर्सन पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार