घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

2017/01/12 8:36:14 AM

rukum

रुकुम, २८ पुस । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ । रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उहाँको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिनुभयो । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार