एमालेले संशोधन विद्येयक टेबुल गर्दा सहयोग गरेझैं अब पारित गर्नपनि सहयोग गर्नुपर्छ : झा

2017/01/12 3:49:02 PM

Shares

काठमाडौं, २८ पुस। मधेशी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पारे। उनले भने,‘हामी चुनावको विरोधी होईनौं, संशोधन विद्येयक सदनमा टेबुल भएको छ, चुनाव चाहानेले त्यसलाई पारित गराउनुपर्छ।’

बिहीबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले निर्वाचनको प्रक्रियामा आफूहरुले विरोध नगर्ने जनाउँदै भने,‘चुनावको नोमिनेशनको नाम बाहिर आउँदासम्म पनि संशोधन विद्येयक पारित भएन भनेमात्रै हामी विरोध र्छौं, होईन भने हामी विरोध गर्दैनौं।’

उनले देशलाई यत्तिकै रोकेर राख्न नहुने कुरामा आफूहरु सजग रहेको समेत विश्वास दिलाए। यद्धपी उनले संशोधन विद्येयक पारित नभए आफूहरु चुनावमा नजाने र त्यसलाई बहिष्कार गर्ने चेतावनी दिए।

संविधान नै कोल्याप्स गर्नेतिर कुनै पनि दल लाग्न नहुने उनको भनाई थियो। झाले भने,‘मधेशी मोर्चालेपनि सम्बोधन हुने खालका जाजय माँग राख्नुपर्छ।’

उनले एमालेले संशोधन विद्येयक टेबुल गर्दा एमालेले जसरी सहयोग गर्यो अब त्यसैगरि पारित गर्नपनि सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार