प्रवलमानसिंह गुरुङले भने,‘रामहरि खतिवडालाई फसाईएको हो’

2017/01/12 4:07:22 PM

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा माथि घडी चोरेको आरोप लागेपछि पूर्व–प्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले प्रेस विज्ञप्ती जारी गरेर खतिवडाको आत्मसम्मानमा पर्न गएको चोट प्रति अत्यन्तै दुख प्रकट गरेका छन् ।

बितग केही दिन यता सामाजिक सञ्जालमा यो बिषय भाईरल भएको थियो । अनेकन आलोचना खेपिरहेका खतिवडाले आफ्लाई सुनियोजि रुपमा फसाउँन खोजेको बताउदै आएका थिए ।

प्रवलमानसिंह गुरुङले आजैमात्रै घडी हराएको विषयमा सांसद खतिवडाको नाममा जोडिएर आएका समाचार आलोचना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको घडी आफूले लगाउँदै आएको र २० गते हेल्थ क्लबमा हराएको बताएका छन् ।

त्यही दिन क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको उनले स्पष्ट पारेका छन् ।

प्रेस विज्ञप्तीमा भनेका छन्,‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्, साथै माननीय खतिवडा ज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मकम सहयोगका लागि सादर सबैमा सादर अनुरोध गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार