जापानमा लिंग प्रर्दशन (भिडियो सहित)

2017/01/15 3:17:53 PM

 

काठमाडौं, २ माघ । विश्वमा जति पनि देश छन् ति देशका आफ्नै पकारका संस्कृति तथा परम्पराहरु छन् ।
ति कतिपय संसारका मानिसले अनुसरण गर्न लायक हुन्छन् त कति कुराहरू हेर्दा अच्चम्म लाग्ने र हाँसो उठ्दा हुन्छन् ।
यस्ता तमाम विचित्र परम्पराको नितान्तै नविन उदाहरण निक्कै बिकसित देश जापानमा देख्न सकिन्छ । जापानमा मनाइने लिंग पर्व पनि एक अनौठो परम्परा लाग्नु सक्छ ।
यो लिंग पर्वमा स्टिलबाट बनेको बडेमानको कृत्रिम लिंग राखेर परिक्रमा गराउने मेलामा हजारौँ मानिस सहभागी हुन्छन् ।

जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम शिन्टो कानामारा मात्सुरी हो । यो समयमा सहर लिंगमय हुन्छ । लिंग आकारका लगाउने चिजदेखि खाने कुरासम्म सहरभरी पाइन्छन् । मानिसहरु लिंगाकारको ललिपप चुसिरहेका हुन्छन् ।

सहरका सडकहरुमा यत्रतत्र प्लास्टिकका गुलाबी लिंगहरु पनि ठड्याइएको हुन्छ र महिलाहरुले गुलाबी लिंग बोक्दछन् । त्यस्तै युवायुवतीहरु लिंगको नजिक पुगेर सेल्फी लिइरहेका हुन्छन् ।

भिडियो-

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार