२ मिनेट ५४ सेकेण्डमा २५४ देशका नाम बाचन

2017/01/30 5:13:32 PM

काठमाडौं, १७ माघ । कैलालीका भरत बिष्टले २ मिनेट ५४ सेकेण्ड समयमा २५४ देशका नाम बाचन गरेर नयाँ किर्तिमानी कायम गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा भरत बिष्टले पत्रकार सम्मेलन गरेर २ मिनेट ५४ सेकेण्ड समयमा विश्वका २५४ देशको नाम बाचन गरेर नयाँ किर्तिमानी कायम गरेका हुन् ।

यहाँ भन्दा पहिले एक मिनेटको समयमा ४२ वटा पोटी लसुन खाएर बिश्व कार्तिमानी राख्नको लागि अघि बढेका बिष्टले लसुन खादाखेरी एउटा नियम अमान्य भएपछि त्यो रेकर्ड सफल हुन सकेन ।

पछिल्लो समयमा बिष्ट नयाँ बिश्व किर्तिमानी रच्नको लागि कम भन्दा कम समय लगाएर बिश्वका २५४ देशको नाम बाचन गर्ने काममा लागि परेका छन् ।

आगामी दिनमा १ मिनेटमा उल्टोबाट सबै भन्दा शब्द पढेर दुईवटै हातले बराबर संख्यामा रोमन अंक लेखेर र १ मिनेटमा एक सयजना मानिसलाई अंगालो मारेर किर्तिमानि रच्ने लक्ष्यमा रहेका बिष्टले भने,‘मेरा यि किर्तिमानी कार्यका लागि रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको उल्लेख्य योगदान रहेकोछ, उहाँलाई हृदयदेखि सम्मान गर्न चाहन्छु।’

त्यसै गरि बिष्टलाई गायत्रि ईट्टा उद्योग–कैलाली, श्री सप्त श्री माध्यामिक विद्यालय कैलाली, लभकुश डेरी कैलाली भेरी कर्णाली सुज सेन्टर बाँके, समता शिक्षा निकेतन काठमाण्डौ र घोडाघोडी मञ्च तथा न्यू अनिल टेड्रस कैलालीले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार