निर्वाचनबाट भागेका होईनौँ धपाईएको हो : ठाकुर

2017/03/03 12:36:27 PM

mahanta thakur

प्रधानमन्त्रीले निर्वाचनलाई रोक्न नहुने भनेर भनिरहेको बेला मधेशी मोर्चाले सरकारलाई दिएर समर्थन फिर्ता लिने स्थितिमा पुगेको छ।

तिनवटै निर्वाचन सम्पन्न भएको खण्डमा मात्रै संविधान कार्यन्वयन हुने भनिरहेको एकपक्षको भनाई र संशोधन बीना स्थानिय तहको निर्वाचन गर्नु अर्को ठुलो दुर्घना निम्त्याउनु हो भन्ने अर्को पक्षको राजनीतिक अडानको बीच भागबाट मुलुक अघि बढिरहेको छ।

सरकार जसरि पनि निर्वाचन गर्ने भनिरहेको छ। यस्तो स्थितिमा मधेशी मोर्चाले के गर्छ त ? नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली बहसमा मधेशी मोर्चाका शिर्ष नेता एव्म तमलोपाका अध्यक्ष महन्त ठाकुरसँग ऋषि धमलाले गरेको कुराकानिको सम्पादित अंश :

चुनावको विकल्प के देखेर भाग लिदैनौ भनिरहनु भएको छ?

हामीले चुनावको बिरोध गरेका होईनौ ।

निर्वाचनबाट भाग्नु भयो नि ?

हामी निर्वाचनबाट भागेका होईनौ। हामीलाई धपाईएको हो। तानाशाह प्रवृति मौलाउदै छ। चुनाव हुनको लागि केही आधारहरू चाँहिदैनन्? त्यो सरकारले बुझ्नु पर्दैन? आयोगले पनि पक्षपाति रुपमा काम गर्यो।

प्रधानमन्त्रीले मधेशी मोर्चासँग छलफल गरेर निर्वाचनको मिति घोषणा गरेको हुँ भनेर भन्नु भएको छ नि ?

यो विल्कुल सहि होईन। उहाँसँग हाम्रो यसका बारेमा कुनै सहमति भएको छैन्।

बालुटारका वैठकहरूमा कुनै सहमति भएको थिएन?

कुराकानि भयो तर सहमति भएन । कुराकानी हुनुलाई पनि राजनीतिक विषयमा सहमति भएको भन्न मिल्छ? अंगीकृति नागरिकता लगायत भाषाका बारेमा समस्या समाधान भएका छैनन् ।

प्रधानमन्त्रीले अब निर्वाचन कसैले रोक्न सक्दैन भनेर भन्नु भईसक्यो ?

एकहातमा संविधान अर्को हातमा बन्दुक बोकेर आउँदा त हामी डराएनौ। के फेरी पनि हामी डराउँछौँ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार