५ विकास क्षेत्रलाई टुक्र्याईयो भने नेपाली जनता झन भयावह गरिबीमा फस्छन् : कँडेल

2017/03/05 5:50:42 PM

“७ प्रदेशको संरचना नै अवैज्ञानिक छ”
काठमाडौं, २२ फागुण। युवा प्रर्वद्धक दिपेन्द्र कँडेलले स्थानीय निर्वाचन पूरानै पाँच विकास क्षेत्रलाई आधार मानेर गर्नुपर्ने माँग गरेका छन्।

शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले यस्तो माँग गरेका हुन्। कँडेलले विज्ञप्तीमा भनेका छन्,“स्थानीय निर्वाचन गर्नुपर्छ, तर ५ विकास क्षेत्रलाई नै आधार मानेर गर्नुपर्छ, यदि ५ विकास क्षेत्रलाई आधार मानेर निर्वाचन गरिएन भने प्रत्येक प्रदेशका जनता अहिलेको भन्दा पनि गरिब हुनेछन्।”

उनले अहिलेको प्रदेश संरचनाले प्रत्येक प्रदेशका नागरिकहरुलाई झनै गरिब बनाउने हुँदा पूरानै ५ विकास क्षेत्रलाई ५ प्रदेश बनाउनुपर्ने बताएका छन्। उनले ५ प्रदेशपनि नेपालको लागि बढि खर्चालु भएको बताउँदै भनेका छन्,“अहिलेको ७ प्रदेश वैज्ञानिक रुपमा पनि ग्रहण गर्न सकिने खालको छैन्।”

उनले राजा महेन्द्रको किताबलाई अहिलेका गणतन्त्रवादीहरुले फरक देखाउनमात्रै खोजेको आरोप लगाएका छन्। पार्टीहरुले यति प्रदेश बनाउनुपर्छ भनेर ७ प्रदेश, ६ प्रदेश, १३ प्रदेशको नारा दिएपनि उनीहरुले जनतासँग कुनैपनि आधारहरु प्रस्तुत गर्न नसकेको समेत आरोप लगाए। उनले भनेका छन्,“प्रत्येक पार्टीहरुले आफ्नो मतदाता अनुसारको क्षेत्र बनाएको कुरा प्रष्ट भएर जाने ठोकुवा गर्दछु।”

उनले अहिलेको ७ प्रदेशले मुलुकको आर्थिक विकासमा कुनैपनि सहयोग नपुर्याउने जिकिर गरेका छन्। उनका अनुसार अहिलेको प्रदेश संरचनामा सबै क्षेत्रलाई जोड्ने एउटा सिधा बाटो समेत नभएको, नया रेलमार्ग बनाउन अहिलेको संरचनामा संभव नभएको, भविष्यमा पानी तथा विद्युतको झगडा हुने, पर्यटनको झगडा हुने, भारत तथा चाईनासँग नाका खोल्ने पहुँच समेत नभएको आधारहरु अघि सारेर ७ प्रदेशबाट फर्किएर ५ प्रदेशमा जानुपर्ने माँग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार