समाजसेवी खत्रीद्धारा आर्थिक सहयोग

2017/03/11 1:02:15 PM

कौरव खत्री, गुल्मी २८ फाल्गुन ।गुल्मीको वामीटक्सारमा रहेको महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयको लागि एक व्यक्तिको आर्थिक सहयोगमा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।

सोही गाविस वडा नं. ५ अर्छुङ्ग निवासी हाल अष्ट्रेलियामा रोजगारीमा कार्यरत लालसिंह खत्रीले आफ्नो स्वर्गीय बुवा झोजन सिंह खत्रीकोे स्मृतिमा रु. २ लाख,५० हजार रकम विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको विद्यालयका निमित्त प्राचार्य बुद्धिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उक्क्त खत्रीबाट प्रदान गरिएको सहयोग रकमले विद्यालयमा आउटडोर र इन्डोर गरि कक्षाकोठा र अफिसमा समेत गरि १७ वटा सिसि क्यामराको विद्यालयमा जडान गरिएको छ ।

विद्यालयमा सिसि क्यामरा जडान र यसको प्रयोगले शैक्षिक गुणस्तर बृद्धिमा सघाउमा थप बल पुग्नुका साथै विद्यालयका सम्पूर्ण सामग्रीहरुको सुरक्षा र विद्यालयको दैनिक पठनपाठन र शैक्षिक गतिविधिको जानकारी लिन र स्थिति बुभm्न पनि सिसि क्यामराले सहयोग पु¥याउने विद्यालयका निमित्त प्राचार्य बुद्धिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार