प्रा डा.रमेश इजमलाई सम्मान

2017/03/14 10:42:33 AM

बनियानी झापा, १ चैत । ‘स्टेट आइडोलोजी एन्ड किरात लिम्बू आइडेन्टी’ विषयमा विद्यावारिधि गर्नुहुने प्रा डा रमेश इजमलाई सम्मान गरिएको छ ।

झापाको दुधेमा इजम बन्धुको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा सोमबार प्रा डा इजमलाई सम्मान गरिएको हो । अधिवेशनले रत्न इजमको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयनसमेत गरेको छ ।

केन्द्रीय कार्यसमितिमा क्षेत्रगत उपाध्यक्षमा सुनसरी तथा मोरङबाट अमर इजम, झापा तथा इलामबाट ललित इजम, ताप्लेजुङबाट होमनाथ इजम र काठमाडौँबाट ज्ञानबहादुर इजम रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा ममता इजम, महासचिवमा देव सुब्बा इजम, सचिव चन्द्रबहादुर इजम तथा कोषाध्यक्षमा नवीन इजम निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यमा प्रा डा रमेश इजम, अम्बरबहादुर इजम, कमला इजमलगायत निर्वाचित भएका छन् । महाधिवेशनमा ताप्लेजुङको फावाखोला मूलथलो भई नेपाललगायत भारतको सिक्किम, आसाम, दार्जिलिङ, भुटानलगायत स्थानका इजम बन्धुको उपस्थिति रहेको थियो । महाधिवेशनले इजम बन्धुको वंशावली यथाशीघ्र निर्माण गर्ने निर्णयसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार