मृत्यु – पवित्रा बन्जारा

2017/03/14 1:05:35 PM

काठमाडौं, १ चैत । आजको सर्जक र सिर्जनामा पवित्रा बन्जाराको आलेख :

मृत्यु

एकपछि अर्को गर्दै चितामा लडाईएका मानब शरीर हावा भरिएको शरीर, अटसमटस शरीर लिएर तँछाडमछाड गर्नसक्ने, बोलीले जित्न सक्ने, हाउभाउले चिनाउनसक्ने, ज्ञ्यानबुद्धि, आकर्षण, लक्ष्य, प्राप्ती धेरैथोकको मिश्रण जसले जीवन कहलाउँछ, आज मूढोमाथि लड़ाउँदा तँछाडमछाड गरेर उठ्न सक्दिन ।

बोलीले ती व्यक्तिहरुलाई त्रसित पार्न सक्दिन, हाउभाउले आफ्नो शक्ति प्रदर्शन गर्न सक्दिन्र हावा नै त रहेछ जीवन, तान्ने अनि फ्याँक्ने्र त्यही तान्ने अनि फ्याँक्ने श्वासमै अड्किएका रहेछन् । व्यतित सपना्र उदार सपना आँखा चिम्लिए लगत्तै देखिने्र बिहानी किरणले ढोका ढकढकाउँदा झसंग पारेर बिउँझाइदिने्र आज उसले सदाको लागि आँखा चिम्लिएकी छे्र आँखासंगै अधुरा रहेकाछन् ती सपनाहरु, अधुरा रहे ती आकारहरु ।

बागमतीको किनारमा तयार गरिएका ती चिताहरु्र चिताले लाश कुर्दैछ या लाशले आफ्नो पालो्र एउटा अनौठो दृष्य्र श्वास भरिएका ती जिउँदा शरीर अनि श्वास रितिएका ती मृत शरीर्र श्वास रहुन्जेलको आश अनि मरेपछिको लाश्र जन्मिदा माटोमाथि अनि मरेपछि माटोमुन्रि जिउँदो छदा हावालाइ आफूमा समावेस गर्ने अनि मरेपछि खरानी भइ हवामै समावेस हुने्र जिउँदो छँदा निदाएर सपना देख्ने अनि श्वास लुटिएपछि सपना भताभुंग हुने्र व्यतित सपनाका अधुरा आकार्र भौतिक शरीरसंगै हराएको जीवन उजाड दृष्य, उराठलाग्दो आर्यघाट्र
नलको जलस जहाँ आफूलाइ नियाल्छु एक किसिमको धमिलिएको प्रतिबिम्ब भेट्छु्र जलमाथि तहिरिएको एउटा खोक्रो आकारको प्रतिबिम्ब्र बाग्मती नदीसजहाँ शरीरको पूर्णरुप झल्किन्छ, बाग्मती किनारसजहाँ जिन्दगीको अपूरो अवस्था भेटिन्छ ।

आँखालाइ एकपटक तिनै चितातर्फ मोड्याएर हेर्छु्र मलामीहरु र शोकाकूल भएका ती आफन्तजन र परिवारको मप्रतिको हेराइ छल्दै एकफेर त्यो मृत शरीर नियाल्छु्र ढलेको मूढोजस्तो, अरठ्ठ परेको्र नाकको प्वालमा कपास खाँदिएको, लाग्छ सास फेर्न खोज्दाखोज्दै कसैले श्वास लुछ्ने प्रयत्नले खाँदिदिएको होस । जिन्दगीको बेग्ला बेग्लै खुड्किलोमा बेग्लाबेग्लै रूपमा देखिएकी उ आज सिर्फ एउटा पिताम्बरले ढाकिएकी छे्र यो कस्तो अशक्तता पलङमा सुत्ने बानी, आज सास उडेपछि दाउरामाथि सुत्नुपर्यो्र सपनाको सौन्दर्यलाई अनुहारमा दौडाउँदै भोलि उठ्ने आशामा गहिरो निन्द्रामा पर्ने सोचेकी थिइहोला । तर आज उ सिमित समयका लागी बल्ने आगोलाई आफ्नो शरीरमा लपेटी ह्वारह्वार बाल्ने मौका दिइरहेछे, आफ्नै शरीर जलाई आफै आगो तापिरहेछे्र अब उ कहिल्यै उठ्दिन, त्यसैले त होला यी असंख्य मानिसहरु उसलाई अन्तिमपटक बिदाइ गर्न आएका्र  ।

मान्छेको बोली अनि कर्मप्राप्त्रि समयलाई छिचोल्दै धेरैकुराको सामना गर्नुपर्ने, कुन बेला आफ्नो जिन्दगिमा डट लाग्ने हो भर नहुने्र श्वास नै त हो, कुन बेला रितिन्छ थाहा नहुने्र सलाईको काँटी घोट्दा घोट्दै बलेर खरानी हुन्छस मानब शरीर संघर्ष गर्दागर्दै अशक्त हुन्छ, श्वास उड्छ, केहीबाँकी रहन्नसन आत्मा न प्रेम न ज्ञान न बुद्धिस सबै श्वाससंगै उड्छ्र हल्लैहल्ला मच्चिएको त्यो भिडमा पनि आज सन्नाटा छाएको छ्र भौतिक शरीरको अन्त्येष्टिस आज उ सदाकोलागी बिदाई हुदैछे ।

केहिदिन अघि उसलाई बिबाहको बन्धनमा पारेर बिदाई गरिदैँथियो्र अग्नि सामू राखेर, जहाँ हर्ष र उल्लास छाएको थियो्र शरीरभरी रंगबिरंगका कपडा, बेजोडको शृङ्गार अनि गहनाले भरिपूर्ण्र सायद बिदाई गर्ने परम्परा्र आज उसलाई खरानी बनाईदैछ, हावाले उडाउनेछ्र उसको भौतिक शरीरले आज बिदा लिएर कहाँ जादैछ त्यसको कसैलाई आभास छैन्र अल्लोघर देखि पल्लोघरसम्म पुर्याउँदा गरिएको बिदाईको तामझाँम र आज गरिने बिदाइको कार्यमा बिल्कुलै अन्तर छ्र त्यसताका पनि उसका आमाका आँखामा आँशू थिएस भरिएका तर खस्न नपाएका्र आज बिल्कुलै फरकस साउनेझरीले निम्त्याएको भेल जसरी गलामाथी दौडिरहेका्र सबैकुरा रीत न हो्र आउने जाने क्रमस आफूले गरेको कर्म अनि त्यसले छोडेको छाप्र  ।

एउटा मीठो बोली जुन कुनैपनि बेला कसैमाथि अर्पिइन्छस एउटा कटुबचन जुन कसैमाथि फ्याँकिन्छ, जुनको कुनै रेकर्डिङ हुदैन रेकर्ड हुन्छ त केवल मानब मस्तिष्कमा्र एउटा भौतिक शरीर कपडाले लपेटिएको जुनको कुनै भरोसा छैन, कुन बेला पिन ले घोचिने हो र स्वाटसुट्टै हावा फुस्किने्र एउटा मीठो बोलि दिन नसक्दाको अवस्था, चाहे जतिनै शृंगार किन नगर, मानब मस्तिष्कमा त्यो कटुबचनको नमीठो गन्धले सधैँ ठाउँ पाइरहन्छस भलै शरीरमा अत्तरको बास्ना किन नहोस् ।

अत्तर त हजारथरि ब्रान्डका हुन्छन्, बोलीको बास्ना आफ्नै ब्रान्डको्र शरीरको श्वास बाहिरी हवासामू पुग्दासम्म, आगोको ज्वालाले शरीर भेट्दासम्म, एक्लै चितामा जल्दासम्म ती सबै बाहिरी आवरण नष्ट हुन्छन् । बाँकि रहन्छ त केवल हावामाज गुन्जिएका ती शब्दहरुस मलामी आएका नआएका हरेक व्यक्तिको कानमा गुन्जिने उसको बोलीको ध्वन्रि सायद त्येसैले त मारेर जानेको नाम लिदा उसको कार्यको कुरा गरिन्छ उसको कर्मको कुरा गरिन्छ्र थाहा छैन कस्तो कर्म गरी, ज गरि उसैले भोगी्र ।

आफ्ना आँखामा शोकका भावहरु छचल्किन दिँदै म हेरिरहे त्यो दृश्य्र प्याप्याट्टी पड्किएको आवाजले अब उ कहिल्यै फर्केर आउनेछैन भन्ने कुरा जनाइरह्यो्र हेर्दा हेर्दै खरानी बन्न लागिसकेको उक्त चितामाथिको शरीरलाइ बिपरित दिशा पार्दै म माथि तिर उक्लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार