तिमीलाई जवाफ : के सी

2017/03/14 5:08:19 PM

काठमाडौं, १ चैत । भनिन्छ देश बुढो र माया पुरानो कहिल्यै हुँदैन । माया गर्नु गल्ति होईन विस्वास गर्नु भुल हो । नाच्ने मान्छे जसरि आफ्नो खुट्टामा उभिएर नाच्न सक्छ र मनोरञ्जन दिनसक्छ । त्यस्तै मान्छे आफ्नो निजि बिचार र दृष्टि छैन् भने उसको आयु वेल्कुलै हलुङ्गो हुन्छ । अरुको बिचारमा बाच्नु र आफ्नो बिचारमा बाच्नुको मज्जा बेग्लै हुन्छ ।

एकचोटि बाचेर हेरौँ । हामी आफ्नो भन्दा अरुको बिचारमा बाच्न खोज्छौँ ।  त्यसैले हाम्रो जीवन अरु कसरी सफल भए त्यो पढ्न र त्यही ग्रहरण गर्न खोज्छौँ । धेरैले बुझ्दैनन् कि, सफल हुनु भन्दा असल हुनु राम्रो हो भनेर । तर यहि विशाल समाजको एक कुनामा सफल र असल भएकी एउटा नारीको नाम हो माया के.सी ।

एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतार कि बिशेष सल्लाहकार, सफल ब्यबसायी, बरिष्ठ समाजसेवी, कुशल महिला ब्यक्तित्व माया केसीको कमल पनि उत्तिकै ओझिलो छ । सर्जक र सिर्जनामा देशको परिस्थतिले घाईते भएको मनबाट कसैलाई पनि होलीको शुभकामना भन्न बहिष्कार गरेको चरितार्थलाई कविताको बिम्वमा व्यक्त भएको उनको एक कविता :

तिमीलाई जवाफ

सन्त्रास दैनिकी
आफ्नै छोराछोरीको नङग्राले
चिथोरिएको छाती बोकेर
आमा भनिरहेछिन्
मलाई नबिथोल छिल्लविल्ल पारेर
यही गर्भ हो जहाँ तिमी लम्किरहेछौ
यही काँध हो जहाँ तिमी चम्किरहेछौ
र यही एउटा छाती हो
जहाँ तिमी आफ्नो थलो जमाइरहेछौ।

यसरी
आफ्नि आमाको
करुणामय पुकार सुन्दा सुन्दै
तिमी नै भन
आफ्नाको दर्दनाक चोट लत्याएर
म कसरी मनाइरहन सक्थें होली ?
यदि मनाएको थिएँ भने
मैले रङ्गिने थिएँ
आफ्नाको रगतमा
आफ्नैले टुक्र्याएको
आफ्नाको जीवनका चोइटामा उफ्रिएर

त्यसैले तिम्रो अट्टहासमा
मैले मिसाइन हाँसो,
तिम्रो व्यग्र अनुग्रहमा पनि
मैले मिलाइन मेरो समय
वेसबरीसँग मेरो पर्खाइमा
तिमीले अनेकौं पटक सोधीरह्यौ
किन साइलेन्ट छौ ?
खै मेरो होलीको विसेस् ?

म चुपचाप बसें
छचल्किन लागेका छल्कालाई
आँखाको छापाखानामा तालाबन्दी गरेर
सकिन मैले कसै गरि यो होली मनाउन
र त भनिन मैले तिमीलाई पनि
होलीको शुभकामना।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार