नेता ज्युले बिद्यालय के सोचेर बनाए खै : गाउँले

2017/03/15 2:03:05 PM

काठमाडौं, २ चैत । आजको सर्जक र सिर्जनामा जीतु खड्का गाउँलेको सशक्त गजलः

गजल

भगवानले हिमालय के सोचेर बनाए खै
अन्नपूर्ण मेघालय के सोचेर बनाए खै

मन्त्री बन्ने योग्यता चै औठाछाप भएपछी
नेता ज्युले बिद्यालय के सोचेर बनाए खै

आफुलाई सभ्य ठान्ने शहरका यि मान्छेले
भान्सा सगै शौचालय के सोचेर बनाए खै

भन्नेहरु यसै भन्छन् मुल्यवान छ समय यो
तिनैले त्यो प्रतिक्षालय के सोचेर बनाए खै

निराकार छन् भगवान हाम्रो वेद यसै भन्छ
पण्डित जी ले शिवालय के सोचेर बनाए खै

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार