देश प्रतीको बिचार पनि त तेरो पापी रहेछ : अन्जान यात्री

2017/03/16 11:47:54 AM

धनराज वास्तविक : काठमाडौं, ३ चैत । हाम्रो देश अमेरिका भन्दा ८ बर्ष पुरानो देश हो भन्ने कुरा धेरै नेपालीहलाई नै थाह छैन्। हाम्रो यति सुन्दर देश छोेडेर त्यहि कृतिम अमेरिकामा पुग्नु अर्को लोकमा पुग्नु हो भनेर सम्झिने हामी नेपाली नै हौँ ।

र हामी धेरै गैरजिम्मेवार तरिकाले बोल्छौँ । जुन कुरा हाम्रो लागि घातक सावित हुन्छ । बोली गोली फुत्केपछि आफ्ने हुँदैन । हाम्रा स्कुलमा यस्तो पाठ पढाईन्छ । जुन पाठ विश्वका धेरै मानिसले सताब्दिऔ अघि पढि सके । आवश्यकता र अनुसन्धान मुखि शिक्षाको लागि परिकल्पना समेत गर्न सकेको स्थिति छैन्।

हाम्रा शिक्षले विद्यार्थीलाई कक्षामा पढाउँदै गर्दा भन्छन्। मैले पढाएको विद्यार्थी अमेरीका जापान छ । के यहि हो शिक्षकले बोल्ने कुरा ? तर नेपाली साहित्य र कला क्षेत्रले नेपाललाई अनादिकालसम्म पनि यस्ता जतिपनि कुरा गर्ने काईतेहलाई माफि दिने छैन्। समाज र समयको माग अनुरुप विकासको आकार लिनेमा विश्वास राख्छ।

नेपाल असाधारण प्राकृतिक क्षमता भएको देश हो ।  यसैमा पश्चिमको दैलेख आलेख र शिला लेख, पञ्चदेवल र प्राकृतिक छटामात्रै नभएर तेलको भण्डारण ज्वाला मुखि यसको एक उदाहरण हो । साहित्य र कला क्षेत्रको पहिचान पनि फरक छ बिराट छ । यहि दैलेख जन्मिएका अन्जान यात्रि नेपाली गजलको क्षेत्रमा राम्रै छाप बनाएका गजलकार हुन् । आजको सर्जक र सिर्जनामा उनको यो सशक्त गजल ?

गजल

बर्षौ देखि सोचेर मलाई यस्तो लागि, रहेछ ।
नाङ्गो तस्बिर होइन,मेरो आँखा दोषी,रहेछ।

युग युग देखि पनि उसका उस्तै देखिन्छन,
बिचरा ती तस्बिर मुटुमा कसरी राखी रहेछ।

दोष दिउ कि यार म बहादुर सम्झिउ तलाई,
देश प्रतीको बिचार पनि त तेरो पापी रहेछ।

घामको किरण सँग म शिर उचालेर आउछु।
हेर्दै र भन्दै सेतो हिमाल मुसुक्क हासी रहेछ।

तिम्रो प्यारमा म साच्चै अन्जान बनि ढलेछु।
ढाल्न तिम्रो एक नजर मलाई काफी रहेछ।

अन्जान यात्री दैलेख

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार