बहुबली–२ को ट्रेलर सार्वजनिक

2017/03/16 3:12:41 PM

एजेन्सी, ३ चैत । बलिउड फिल्मका दर्शकको लामो समयदेखिको पखाईमा रहेको ‘बाहुबली–२, द कन्क्लुजन’ को ट्रेलर सार्वजनिक भएको छ ।

आगामी अप्रिल २८ मा रिलिज हुने बाहुबली–२ को ट्रेलरको लागि मात्रै दर्शकले लामो समय धैर्य गर्नु परेको थियो । दर्शकको धैर्यतासँगै अब भने यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तेलेगु भाषामा एक साथ युट्युबमार्फत सार्वजनिक भएको बाहुबली–२ को ट्रेलरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।

फिल्मको ट्रेलर सार्वजनिक भएको एक घण्टामा हिन्दी भाषामा सार्वजनिक ट्रेलर लाई ३ लाख बढी दर्शकले हेरेका छन् भने तेलेगु भाषाको ट्रेलर लाई एक लाख बढीले हेरेका छन् ।

ट्रेलर मा प्रभास, राणा दग्गुबती र अनुष्का सेट्टीलाई एक्शन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा देवसेना अनुष्का सेट्टी र महेन्द्र बाहुबली प्रभास बीचको गहिरो प्रेम देख्न सकिन्छ ।

सार्वजनिक भएको ट्रेलरमा प्रभासलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । महेन्द्र बाहुबली र उनका पिता अमरेन्द्र बाहुबलीको दुवै भूमिकामा प्रभास देखिएका छन् । यस्तै राणालाई युवा भलाला देवमा देख्न सकिन्छ भने अनुष्कालाई देवसेनाको भूमिकामा देख्न सकिन्छ । तमन्नालाई भने अवन्तिकाको भूमिकामा ।

बाहुबली–२ को आधिकारिक युट्युब पेजमा उल्लेख भएअनुसार यो फिल्मलाई हिन्दीका साथै तेलुगु, मल्यालम, तमिलका साथै अन्य थुप्र्रै अन्तर्राष्ट्रिय भाषामासमेत रिलिज गरिने छ ।

बाहुबली–२ मा सबै दर्शकको पर्खाइको विषय भनेको कटप्पाले बाहुबलीलाई किन मारे भन्ने नै हो ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै बिहीबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा ‘बाहुबली–२’ ट्रेंड चर्चामा छ ।

ट्रेलर हेर्नेहरुले कसैले प्रभासको आवाजबाट प्रभावित भएको बताएका छन् त कसैले फिल्मको दृष्यको प्रसंशा गरेका छन् । कसै कसैले भने बाहुबलीलाई कटप्पाले किन मारे भन्ने प्रश्नको जवाफ पाएको समेत उल्लेख गरेका छन् । यद्यपि यसको सही जवाफ भने फिल्म हेरेपछि नै थाहा हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार