“घामपानी”को ट्रेलर सार्वजनिक

2017/03/17 11:51:26 AM

काठमाडौं, ४ चैत । देश आजभोलस् स्थानिय निर्वाचनको गृहकार्यमा जुटिरहेको छ। यति नै खेर नेपाली कलाक्षत्रका कलारहरु पनि आफ्ना प्रस्तुतिहरु बजारमा लैजाने सुरमा छन्।

नेपाली चलचित्र ‘घामपानी’ निर्वाचनको माहोलसँगै प्रदर्शन हुने भएको छ। निर्देशक दीपेन्द्र लामा चलचित्रलाई चुनावमा लड्नु जस्तै भएको बताउछन्। ‘घामपानी’ बैशाख २८ गतेदेखि प्रदर्शनको मिति पाएको छ।

बिहीबार राइजिङ मलस्थित क्युज सिनेमामा पत्रकार लामा निर्देशित चलचित्रको ट्रेलर सार्वजनीक गरिएकोछ । दुई फरक समुदायका पात्रबीचको प्रेमसम्बन्ध र त्यसमा आइपर्ने बाधा–व्यवधान फिल्ममा समेटिएको देखिन्छ ।

ट्रेलर सार्वजनीक पछि फिल्मका निर्माताहरू, ओम गुरुङ, विश्व गौचन, रामबाबु गुरुङ लगायतले एक–अर्कालाई बधाइ भन्दै शुभकामना आदनप्रदान गरेकमा थिए ।

दयाहाङ र केकीका अलावा यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार