काठमाडौंको गुर्जुधारामा अनियन्त्रित ट्रकले गाडी किच्यो

2017/03/17 1:46:23 PM

काठमाडौँ, ४ चैत्र। काठमाडौंको गुर्जुधारामा दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्सीमा सवारको मृत्यु भएको अपुष्ट खबर छ। थानकोट हुँदै काठमाडौं भित्रिएको ट्रक अनियन्त्रित हुँदा अन्धाधुन्दा अरु गाडीसँग ठोक्किएको थियो।

ना ३ ख ९७७३ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको छ भने ट्याक्सीमा सवार केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

ट्रकले ट्याक्सी सहित अन्य गाडीलाई पनि ठक्कर दिएको स्थानियले बताएका छन्।अनियन्त्रित भएर गुडेको ट्रकले ट्याक्सी र साना गाडी हान्दै ठूलो ट्रकसँग जुधेको थियो। प्रहरीले घाइते अवस्थामा केही अस्पताल पुर्याएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार