पार्वतीले र शंकरलाई मुस्कान छर्न आग्रह गरेपछि (भिडियो सहित)

2017/03/17 4:49:22 PM

काठमाडौं, ४ चैत्र । नेपाली लोक तथा लोकगीत संगीतको क्षेत्रमा शंकर बि.सी. र पार्वती राइ नौलो नाम होईन । एकछत्र रुपमा दर्शकको तन मनमा बस्न सफल यी दुईले एक अर्कालाई नजिकबाट चिन्ने र संगै काम गर्ने कलारकारको सुचिमा पर्ने कलाकार पनि हुन्।

गीतको माध्यायम मार्फत यिनका बीचमा प्रेम देखि मुस्कान छर्नेसम्मका आग्रह गर्ने गरेका छन् । नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेको र आफुलाई व्यावसायिक रुपमा अगाडी बढाउन म्युजिक कम्पनि “सार्थक डिजिटल म्युजिक प्रा.लि. ले बाजारमा ल्याएको उक्त गीत “मुस्कान छरिदेउ“ लाई शंकर बि.सी. ले निर्देशन गरेका हुन् ।

शंकर बि.सी. र पार्वती राईको बेजोड अभिनय रहेको उक्त गीतमा अर्चना स्याङ्गतान् र संजोक वाइबाको आवाज रहेको छ । संजोक वाइबाको लय शब्द रहेको उक्त गीतको छायांकन चपली हाईटमा सम्पन्न भएको हो ।

२० जना कोरसको साथमा छायांकन भएको उक्त गीतको छायांकन र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । सार्थक डिजिटलको अफिसियल युटुबलाई सस्क्राईब गरेर उक्त गीतको म्युजिक भिडियो हेर्नको लागि दर्शकलाई निमार्ण कम्पनिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार