बेलायतमा पुस्तक प्रदर्शनी

2017/03/18 2:23:46 PM

काठमाडौँ, ५ चैत । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताउनुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गर्नुभयो ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत डा दुवसु क्षेत्रीले साझा प्रकाशन र नेपालका साहियित्क कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताउनुभयो ।

कार्यक्रमा डा क्षेत्रीको सम्पादनमा प्रकाशित “बेलायतमा नेपाली कवि र कविता” पुस्तकको विमोचन पनि गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार