रविन शंकरको निर्देशनमा ‘बुढि कन्या बसौलि’ – भिडियो सहित

2017/03/18 3:51:23 PM

धनराज वास्तविक : काठमाडौं, ५ चैत । गीत संगीतको नाममा केवल गीत संगीतको मात्रै सिर्जना भएका छैनन् । गीत संगीतसँगै सर्जकहरूको संख्या पनि थपिएको छ ।

जुन संख्या संख्यामा मात्रै सिमिति नभएर गुणस्तर सर्जकको जन्मपनि भएको सत्य हो । यसको एक असली उदाहरण हुन रविन शंकर । उनि नयाँ सर्जकलाई पोत्साहन मात्रै दिदैनन्।

नव प्रतिभाहरूको भलाईको लागि निरन्तर प्रयास गर्ने मोडल पनि हुन्। क्रोरियोग्राफि, अभिनय र गीत संगीतको क्षेत्रमा आफ्नो सफल दक्षता प्रर्दशन गरिसकेका शंकरको अभिनय रहेको ‘बुढि कन्या बसौली’ बोलको गीत बजारमा आएको छ।

सागर घिमिरेको पहिलो प्रस्तुति र विन्ध्यवासिनी म्यूजिक प्रा.लिले बजारमा ल्याएको उक्त गीतमा सागर घिमिरे र भूमिका शाहको सुमधुर आवाज रहेको छ। जस्मा लय भूमिका शाह र शब्द सागर घिमिरेको रहेको छ। गीतको भिडियो हेर्दै गर्दा कुनै गाउँको याद आउछ । विगतका अनुभुति झल्किन्छन्।

यो गीत रविन शंकरको निर्देशनमा तयार भएको छ भने छायांकन करन चैसिरको रहेको छ भने विष्णु शर्माले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार