राजधानीको भृकुटीमण्डपमा मःमः फेष्टिवल सम्पन्न

2017/03/18 7:49:42 PM

काठमाडौं, ५ चैत्र । राजधानीमा एक दिने मःम फेष्टिवल सम्पन्न भएको छ । दि वेकरी क्याफेको आयोजनामा शनिवार राजधानीको भृकुटिमण्डपमा नेपालीहरुको लोकप्रिय खाजाको रुपमा विकसित हुँदै गएको मःमःलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक दिने फेष्विल आयोजना गरिएको हो ।
फेष्टिवलमा चिकेन, बफ, खुवा, फिस, पनिर, गुतपाक मःमः लगायत १५ भन्दा बढि प्रकार र स्वाद परिकारका मःमः राखिएको छ । दि वेकरी क्याफेका म्यानेजर मनीराज सत्यालका अनुसार मःमःको प्रचार÷प्रसार एवं प्रवद्र्धन गर्न गएिको फेष्टिवलमा तीन हजार भन्दा बढिले अवलोकन गरिएको बताए ।

सो फेष्टिवलमा मःमः खाने प्रतियोगिता एवं विभिन्न मनोरन्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको छ । प्रतियोगीतामा प्रथम, दोस्रो हुनेलाई पुरस्कार वितरण समेत गरिएको छ । यो फेष्टिवल विगत १८ वर्ष देखि आयोजना गर्दै आएको दि वेकरी क्याफेका सञ्चालक सुनिलला कक्षपतीले बताए । यस क्याफे राजधानीमा ९ स्थान र वुटवलमा समेत यसको शाखा विस्तार गरिएको सञ्चालक कक्षपतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार