मन थाम्नै नसकिने जाजरकोट बस दुर्घटना (भिडियो सहित)

2017/03/19 11:19:24 AM

धनराज वास्तविक : काठमाडौं, ५ चैत्र । भनिन्छ गीतको न त देश हुन्छ न धर्म हुन्छ । कहिले काँही यस्तो पनि लाग्छ । यो गीत संगीतको आफ्नै धर्म र देश पनि छ । हामीले हाम्रो लोक गीतको मात्रै कुरा गर्ने हो भने कयन गीतहरूहरू समाज र समयलाई सम्बोधन गर्नेखालका छन्। यस अर्थमा भूगोलका पनि गीत हुँदा रहिछन् भन्ने कुरा लुकाउन सकिदैन ।

हाम्रो देशमा आईपरेका दुःख र वेदनालाई जीवित राख्ने काम पनि नेपाली लोक गीतले गरेको सत्य हो । आजभन्दा दुईवर्ष पहिले जाजरकोटबाट नेपालगंज सुर्खेका लागि छुटेको बस दुर्घटना हुँदा ५४ जनाको दुःखद निधन भएको थियो ।

त्यो आलो घाउले मनलाई घोचीरहेकै बेला २०७३ फागुन २६ गते फेरी अर्को ठुलो दुखद घटना जाजरकोटले व्यहोर्नु पर्यो । जुन घटनामा २६ जनाको दुखद निधन भयो । यहि पछिल्लो सत्य घटनामा आधारित सर्जकहरूले लोक गीत बजारमा ल्याएका छन्।

अर्को दुखद पक्ष भन्नु पर्दा जुन दिन २६ जनाले संसार छोड्नु पर्यो त्यसै दिन सरकार मन्त्रीलाई सपत खुवाई रहेको थियो । प्राय शोक भोक र आक्रान्तको आक्रमणको सिकार भइरहने जाजरकोटको मुहार हाँस्ने दिन झन झन दुर भएका छन्।

जुन दिन जाजरकोट हास्नेछ त्यो दिन जाजरकोटी जनताको मनले शान्ति पाउने छ । त्यो दिन भनेको बाटो, शिक्षा स्वास्थ्य जस्ता कुराहरूको उचित व्यवस्था हुन्छ ।

गायक लोकेन्द्र शाही र पुष्पा बोहराको सुमुधरआवाज रहेको गीतको लय शब्द क्रमश जय देवकोटा र लोकेन्द्र शाही, सुरेन्द्र सिँहको रहेको छ। काजिल श्रेष्ठको निर्देशन तथा सागर गौतमको छायांकन रहेको गीतलाई अविनाश डि.सिले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार