रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा, उपाधिको प्रमुख दाबेदार

2017/03/19 12:15:42 PM

काठमाडौं, ६ चैत। स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको रियाल मड्रिडले बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ ।गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि यात्रा बलियो पारेको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र क्यासेमिरोले एक–एक गोल गरे ।

ला लिगा अन्तर्गतको अर्को खेलमा रियाल बेटीसले ओसासुनालाई २–० ले हराउँदा आलाभेजले रियाल सोसिडाडलाई १–० ले पराजित र्गयो ।
गएरातिका खेलपछि स्पेसिन ला लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ६० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको सेभियाको ५७ अंक छ । बार्सिलोनाले आज राति हुने खेलमा भ्यालेन्सियासँग खेल्नेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार