संसद बैठक बस्दै, यस्ता छन् आजका कार्यसुचिहरु

2017/03/19 12:39:21 PM

काठमाडौं, ६ चैत्र। व्यवस्थापिका संसदको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको व्यवस्थापिका संसदको कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक पास गर्ने कार्यसुचि रहेको छ ।

त्यस्तै उपप्रधानमन्त्री कृष्णबहादुर महराले बस्तु विनिमय बजारसम्बन्धी विधेयक २०७३ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आजको बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले पुर्व पदाधिकारीहरुको सुविधा सम्बन्धी विधेयक पारित गर्न प्रस्ताव गर्ने कार्यक्रम रहेको छ भने उपप्रधान, संघीय तथा स्थानीय विकास मन्त्री कमल थापाले गाउपालिका तथा नगरपालिकाको वडासंख्या निर्धरण विधेयक पारित गरियोस भनेर प्रसताव गर्ने कार्यक्रम रहेको छ ।

आइतबारकै बैठकमा कानुन मन्त्री अजयशंकर नायकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक सुविधा, र अन्य सेवा शर्त सम्बन्धि विधेयक सम्बन्धित समितिमा दफाबार छालफलका लागि प्रस्ताव गर्ने कार्यसुची रहेको व्यवस्थापीका संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार