नेपाल मेडिसिटीको ट्यालेन्स सर्चमा १ हजार नर्स सहभागी

2017/03/19 1:07:23 PM

काठमाडौं, ६ चैत्र। काठमाडौंका १ हजार भन्दा बढी नर्सहरू नेपाल मेडिसिटी मेगा ट्यालेन्ट सर्च फर नर्सिङ्ग कार्यक्रममा सहभागी भएका छन्।

अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय स्वास्थ्य केन्द्रको रुपमा आफ्नो सेवा शुभारम्भ गर्न लागेको ७ सय ५० शैयाको यस अस्पतालले नर्सिङ सेवालाई उच्च प्राथमिकता दिँदै देशका सबै प्रमुख शहरहरुमा यस प्रकारको कार्यक्रमको आयोजना गरी देशभरीका नर्सहरुलाई अस्पतालमा सेवागर्ने अवसर प्रदान गरेको छ ।

न्यूरो, कार्डियाक, रेनल, ग्यास्ट्रो, अर्थोपेडिक्स तथाअंकोलोजीतर्फ विश्वस्तरको अति विशिष्ट सेवाहरु केन्द्रहरुको स्थापना गरेको छ भने चिकित्सा सेवाका अन्य सबै विशेषज्ञ सेवाहरु एउटै छानामुनिबाट प्राप्त हुने भएकोले विरामीहरुलाई उपचारका लागि उत्कृष्ट गन्तब्य हुने अस्पतालका अस्पताल प्रशासक विजय रिमालले बताए।

‘राष्ट्रिय गौरवको रुपमा रहेको यो अस्पतालले उपचारकै लागि विदेश जानुपर्ने अवस्थालाई न्यून गर्ने र विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपालमै काम गर्ने वातावरण, अवसर र विशिष्ट पूर्वाधारहरुको ब्यवस्था गरेको छ,’ रिमालले भने,‘ यसले नेपालको स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय फड्को मार्ने विश्वाससहित नेपालको स्वास्थ्य क्षेत्रको उन्नयनकालागि समाजसेवी तथा उद्योगपति डा. उपेन्द्र महतोले स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गर्नुभएको हो।’

ज्वाइन्ट कमिशन इन्टरनेशनल, एनएन बि एच, एन ए बि एललगायतका अन्तर्राष्ट्रियस्तरका गुणस्तरलाई यस अस्पतालले लागू गरी देश विदेशका विरामीलाई नेपालमै उपचारका लागि आकर्षित गर्ने अस्पतालको योजना रहेको अस्पतालका भाइस प्रेसिडेन्ट ह्युमन रिसोर्स अनिल ओडुविलले बताए।

नेपालमै दक्ष र प्रतिबद्ध नर्सहरु रहेको र उनीहरुलाई राम्रो अवसर, तालिम र सीपअभिबृद्धि गर्ने हो भने नेपालका नर्सहरुले पनि विश्वस्तरको सेवा नेपालमै दिनसक्ने अस्पतालका नर्सिङ डाइरेक्टर धनमालाले बताइन्।

गुणस्तरीय नर्सिङ सेवा नेपालमा अझ पनि चुनौतिपूर्ण रहेको र त्यसका लागि नेपाल नर्सिङ काउन्सिल एवम् नेपाल सरकारका तर्फबाट पनि कार्यहरु भईरहेकोले नेपालमा उच्च पूर्वाधार, उपकरण एवं मेडिकल कार्यक्रमहरु सहितको अन्तर्राष्ट्रियस्तरका अस्पतालहरुको आवश्यकता रहेको छ। यसका लागि नेपाल मेडिसिटी जस्ता अस्पतालहरुको त्यसको परिपूर्ति गर्ने प्रमुख अतिथि नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष गोमा निरौलाले बताइन्।

काठमाडौंमा भएको एक कार्यक्रममा नर्सहरुलाई काठमाडौं छनौटमा सहभागी गराउने क्रममा माइन्ट म्याटर्स विषयमा अन्तरकृया समेत गरिएको थियो। उक्त अन्तकृयामार्फत कार्यक्रममा सहभागी नर्सहरुलाई चुस्त दुरूस्त दिमाग, शरीर र मुस्कानका लागि अभ्याससमेत गराइएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार