अरुण गाउँपालिकामा कांग्रेसका तीन प्रतिस्पर्धी 

2017/03/19 6:29:36 PM

भोजपुर ,  ६ चैत्र । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि अहिले स्थानीय स्तरमा चुनावी चहलपहल सुरु भएको छ ।
स्थानीय तहको नेतृत्वका लागि प्रभावशाली व्यक्तिहरुनै टिकटका लागि दौडधुपमा लागेका छन् । उमेद्वारका आकांक्षीहरु नेताको घर दैलो धाउने देखि कार्यकर्तासँग भोट माग्ने अभियान एकैचोटि चलाएका छन्‌ ।
सात गाउँपालिका र दुइवटा नगरपालिका रहेको भोजपुरमा स्थानीय सरकारको प्रमुख बन्न स्थानीय स्तरका नेताहरू लागिपरेका छन्‌ । विभिन्न पार्टीबाट आफूले टिकट पाउनुपर्ने दावी गर्न थालेका छन् ।
त्यो मध्येको नेपाली कांग्रेसको एकछत्र रहेको भनेर चिनिने पूर्वी अरुण गाउँपालिकाको प्रमुख बन्न स्थानीय स्तरका प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।
त्यसका लागि गजेन्द्र कार्की , पुष्प वैद्य र शालीकराम खत्री मध्येबाट एकले टिकट पाउने कांग्रेस स्रोतले जनाएको छ । स्थानीय स्तरमा कहलिएका कार्की अहिले भोजपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष हुन् भने वैद्य कांग्रेसका क्षेत्रिय सभापति हुन् । त्यस्तै खत्री जिल्ला स्तरीय नेता हुन् ।   यि तीन प्रतिस्पर्धी मध्येबाट एक जनालाई अघि सार्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार