प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड विजयी

2017/03/20 1:12:12 PM

काठमाडौं, ७ चैत। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

म्यानचेस्टर सिटी र लिभरपुलले भने १–१ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीमार्फत पहिलो गोल गरे । यसपछि म्यान सिटीमा सर्जियो अगुएरोले एक गोल फर्काउँदै खेल बराबरीमा सकाएका हुन् ।
लिगअन्तर्गतको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले मिडिल्सब्रोलाई ३–१ ले हरायो । म्यानचेस्टर युनाईटेडको जितमा मराउने फेलीयानी, जेस्सी लिङ्गार्ड र एन्टोनियो भ्यालेन्सीयाको गोल सामेल थियो ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई २–१ ले हराएको छ । घरेलु मैदानमा खेलेको टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सन र डेले अलीले एक–एक गोल गरे ।

साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रौजले एक गोल फर्काए । यो जित घरेलु मैदानमा टोटनह्यामको लगातार १० औं जित हो ।
जितपछि दोस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर १० अंकमा सिमित गरेको छ । २८ खेलबाट टोटनह्यामको ५९ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको ६९ अंक छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार