गीतकार डि.आर.को ‘गहिराई’ सार्वजनिक

2017/03/20 1:17:09 PM

काठमाडौं, ७ चैत्र । गीतकार तथा फोटोग्राफर डि.आर. (दिनेश कुमार राई)को आधुनिक गीति एल्बम ‘गहिराई’ सार्वजनिक भएको छ ।
डि.आर. म्युजिक क्रिएसनको आयोजनामा संगीत कला संघले आईतबार राजधानीको अनामनगरस्थित एक कार्यक्रम आयोजना गरि डि.आर.को पाँचै एल्बम ‘गहिराई’ सार्वजनिक गरिएको हो ।

गीतकार तथा प्रध्यापक डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार कुवेर राई, गीतकार तथा रंग पत्रकार शान्तिप्रिय, प्राज्ञ ज्योती प्रकाशलगायतको हातबाट एल्बम बिमोचन गरियो ।

डि.आर.को एकल लेखनमा सार्वजनिक भएको ‘गहिराई’मा ‘झन्झन् मुटु दुख्न थाल्यो, उदासी मनलाई, लालुपाते फूलै फूल्यो, भेटघाटै टुट्यो, पहाडकी रानी इलाम, विश्वको उच्च’लगायत छ वाट गीतहरु समावेश गरिएको छ ।

गीतमा गायक÷गायिका प्रमोद खरेल, मिलन अमात्य, मनोहरी थापा, संगीत थापा, डेनी निरौला, नरेन्द्र प्यासी र साथीहरुको स्वर रहेको छ । जसलाई सन्तोष श्रेष्ठ, शिव सँगम राई, गणेश पराजुली, मानसिङ थुलुङ र नरेन्द्र प्यासीले मधुर संगीत भरेका छन् ।

आत्मभाव’ जस्ता पुस्तक पनि ल्याईसकेका डि.आर.ले छोटो समयमा एल्बम लिएर आउन साह्रै गाह्रो हुने भएकाले ल्याउन सम्भव नभएको बताए । उनले भने, ‘एल्बमहरु बजारमा ल्याएर मात्र नहुने रहेछ ।

पछिल्लो समय एल्बम् भित्रका गीतसंगीतलाई हेर्ने, सुन्ने मानिहरु पनि बिरलै पाईन थालेको अवस्ताथा सिर्जना भएका छन् । लाग्छ हामीले एल्बमहरु सार्वजनिक गर्न आयोजना गरे जस्तै गीतहरु सुनिदिन तथा हेरिदिन पनि कार्यक्रम आयोजना गरि चियापान गर्नुपर्ने अवस्था आएको छ ।

गीतसंगीतको निर्माण क्षेत्र साह्रै महंगो भैसकेको छ । चार वाटा एल्बम् सार्वजनिक गर्दास्सम्म ठिक ठिकै थियो तर, पाँचौ एल्बम्मा त भिडियोसहित निर्माण गर्दा काठमाडौंमा एक÷दुई आना जग्गा आउने खर्च लाग्ने बताए ।’

त्यस्तै कार्यक्रममा डा. बरालले डि.आर.को गीतप्रति कुनै खोट लागाउने ठाँउ नभएको बताए । उनले भने, ‘एल्बममा समावेश गीतहशरु निकै मार्मिक तथा रोमान्टि रहेका छन् । केही गीतले नेपालको प्रकृतिहरुलाई झल्काएको छ ।

देशको माया बोकेको छ, भने केही गीतले बैशालु आँखाहरुको भाका बोकेको उनले बताए ।’ उनले थपे, ‘डि.आर.को गीतका आफू जन्मिएको स्थान इलामको उत्थान गर्न खोजिएको छ । हराबरा प्रकृतिको ब्याख्या गर्न खोजिएको छ ।

यसरी नै सबै स्रष्टाहरुले आफ्नो जन्मस्थानको बारेमा गीतको माध्यायमबाट ब्याख्या गर्दै जाने हो भने यो देशमा रहेर पनि ओजेलमा परेका, लुकेका कुराहरु बाहीर आउने उनले बताए ।’ त्यस्तै उनको एल्बमप्रति पत्रकार शातिप्रिय तथा संगीतकार श्रेष्ठले शुभकामना दिँदै भने, ‘उहाँमा धेरै प्रतिभा छ ।

तर लुकेर रहेको छ । उहाँ सायद मिडियाको पहुँचभन्दा बाहीर रहेर होला उहाँलाई मिडियामा बिरलै पाईन्छ । उहाँले धेरै पुराना पुस्ताका स्रंष्टाहरुसँग काम गरिसक्नुभएको छ र पछिल्लो समय हामी बिचका तथा नयाँ पुस्ताका स्रंष्टाहरुसँग पनि काम गर्दै आउनुभएको छ । उहाँमा जोसँग पनि घुलमिल भई काम गर्न सक्ने क्षामतम रहेको उनीहरुले प्रष्ट्याए ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार