निर्वाचन कार्यालय अगाडि राप्रपा कार्यकर्ता र प्रहरीवीच झडप

2017/03/20 2:13:46 PM

काठमाडौं, ७ चैत्र। सत्तारुढड दल राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दा अहिले पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीवीच झडप भएको छ।

त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगा हाने ।झडपका क्रममा राप्रपाका केही कार्यकर्ता पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार