विश्व साईकल यात्रा अभियान नेपालद्धारा पत्रकार धमला सम्मानित

2017/03/20 6:37:26 PM

काठमाडौं, ७ चैत्र। विश्व साइकल यात्रा अभिया नेपालले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ।

सोमबार अभियान नेपालले उक्त संस्थाद्धारा गत फागुण २८ गते काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदुषण न्युनिकरणको निमित्त जनचतेना फैलाउने उद्देश्य अनुरुप आयोजित उपत्यका व्यापी विशाल साइकल ¥यालीमा सहयोग गरेको भन्दै क्लबका सभापति धमलालाई सम्मान गरेको हो।

विश्व साइकल यात्री एवम् उक्त ¥यालीका संयोजक ज्ञान लाल महर्जन, वातावरण ईन्जिनियर ललितपुर महानगरपालिका प्रदिप अमात्य, र प्रमुख अतिथि जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीद्धारा हस्ताक्षर गरिएको सम्मानपत्र संस्थाका प्रतिनिधिले क्लबको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा धमलालाई हस्तान्तरण गरेको छ।

अभियान नेपालका सदस्यहरु कविकुमार महर्जन, ज्ञानलाल महर्जन, दुसेन राई र सुरेश ताम्राकारले धमलालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

सम्मानित भएपछि पत्रकार धमलाले भने,‘यो सम्मानले मलाई निकै ठूलो जिम्मेवारी थपेको छ, मलाई यो सम्मानले नयाँ उर्जा प्रदान गरेको छ, वातावरण जोगाउने उद्देश्यले गरिएको र्यालीमा मिडियाको तर्फबाट योगदान पुर्याए बापत तपाईहरुले जुन किसिमको सम्मान गर्नुभयो, यसले मलाई निकै हर्षित तुल्याएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार