थपलिया स्विडेनका लागि मानार्थ पर्यटन दुत नियुक्त

2017/03/20 8:26:28 PM

काठमाडौं, ७ चैत्र । गैर-आवशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद स्वीडेनका संस्थापक अध्यक्ष एवंम वर्तमान गैरआवशिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सदस्य तथा नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति  नवीन थपलिया ज्यूलाई नेपाल सरकारको  पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन  बोर्डले स्क्यान्डिभिएन देश  स्वीडेनकोलागि मानार्थ पर्यटन दुत नियुक्त गरेको छ।

यो जिम्मेद्वारी पाए लगत्तै थपलिया नेपालको पर्यटन बिकासमा थप आयम ल्याऊनको लागि महत्वपूर्ण कार्यक्रम तय गर्दै यूरोपका सबै देशमा नेपाल भर्मण २०१७ लाई सार्थक र मर्या्दित रुपमा सफल वनाऊन र नेपालमा रहेका सम्पूर्ण प्राचीन तथा एतिहासिक पर्यटक स्थलहरुको बारेमा पर्यटकहरुलाई ज्ञान दिने उद्देश्यले प्रचारप्रसार अभियान संचालनमा जुट्नु भएको छ ।

यसको अतिरिक्त नेपालमा पर्यटनका लागि आवश्यक पूर्भाधार निर्माण र विकास तथा प्राचीन नेपालका कला संस्कृर्तिलाई जिर्णोद्वार गरी पर्यटकहरुको आकर्षण गर्नको लागि लगानीकर्ताहरुको पनि खोजी भईरहेको र निकट भविष्यमै यसवारेमा भएको उल्लेखनीय प्रगतिको बारेमा प्रिन्ट तथा ईलेट्रोनिक्स मीडियाबाटजानाकारी गराऊने कुरा थपलियाले स्पष्ट पार्नु भएको छ ।

यूरोपका अन्य देशमा रहेका मनार्थ पर्यटन दुतहरु संग पनि सहकार्य गर्दै नेपालको पर्यटन क्षेत्रमा सामुहिक लगानीको बिषयमा गहन छलफल गरी बिश्वशनिय वातावरण निर्माणमा जोड दिदै आऊनु भएको छ ।

थपलिया पर्यटन बिकासको माध्यामद्वरानै नेपाल र नेपाली जनताको आर्थिक जिवनस्तरमा उल्लेखनीय सुधार गर्न सकिने बिश्वासका साथ नेपाल पर्यटन बोर्डले दिएको जिम्मेद्वरीलाई आफ्नो बिबेक र बुद्धीले भ्याएसम्म कुनै कुशर बाकी नराखि आफ्नो लक्ष्यमा निरन्तर रुपमा अगाडी बढने दृढ बिश्वास रहेको जानकारी गराऊनु भयो ।

नेपालको पूर्बी जिल्ला संखुवासभाको खादबारी नगरपालिका वडा नम्वर ११ मा पिता धर्म प्रसाद थपलिया तथा माता मिना थपलियाको कोखबाट २०३१ साल बैशाखमा जन्मिएका श्री नवीन थपलिया यूरोप  बसाईको १७ बसन्त पार गर्दा  बिभिन्न समाजिक जिम्मेद्वारी बहन गर्दै स्वीडेनमा आबधिक नेपाली नेपाली समुदायको बिश्वास जित्दै आफ्नो समाजिक छविलाई उच्च मनोवलको साथ समाजसेवाको  यात्रालाई निरन्तर रुपमा अगाडी बढाऊनु भाएको कुरा सम्पूर्ण यूरोपमा आबाधिक समाजिक अभियान्ताहरुलाई जानाकारी छ।

नेपाल ल क्याम्पसबाट(बिएल) स्नातकतहको अध्ययन पुरा गरी बैदेशिक रोजगारीको शिलशिलामा सन २००० ताका स्वीडेनमा आऊनु पुग्नुभएको थपलिया अत्यन्तै सरल र मृर्दुभाषी र बहुमुखी प्रतिभाका प्रतिमुर्ति हुनुहुन्छ। आफ्नी अर्द्धांगिनी र दुई सुपत्रका साथ रहेका थपलिया  समाज सेवाको अतिरिक्त  साहित्य , कला र भर्मणमा पनि उत्तिकै रुचि रहेको बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार