बालुवाटारमा चार दलवीच बन्यो यस्तो सहमति, तोकिएकै मितिमा चुनाव हुने

2017/03/20 9:50:48 PM

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकले स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्ने सहमति गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।

शीर्ष नेता सम्मिलित बैठकमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर नै समना गर्ने समझदारी भएको छ । त्यस्तै मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने चार दलबीच समझदारी भएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

सिंगो देश चुनावको समर्थनमा रहेका र तराई मधेसका जनता पनि चुनावको पक्षमा रहेकोले  प्रचण्डले निर्वाचन गर्नैपर्ने बताए। उनले भने,“म निर्वाचन गर्छु, मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यहि कुरा भनेको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार