६ जना प्रस्तावित राजदुतलाई संसदीय समितिले बोलायो

2017/03/21 8:25:16 AM

काठमडौं ८ चैत । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । आज पनि राजदुतका लागि प्रस्तावित नाममा सुनुवाई हुँदैछ । समितिले हिजो अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाइ गरेको छ । आज सुनुवाइृका लागि ६ जनालाई बोलाइएको छ । अब निरन्तर सुनुवाइ प्रक्रिया अघि बढ्ने संसदीय समितिले जनाएको छ । सुनुवाइ प्रक्रिया सुरु भए पनि अनुमोदनसम्बन्धी निर्णय भने सबै प्रस्तावित पदाधिकारीको एकैपटक हुनेछ । समितिले हिजो प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया अघि बढाउनुभन्दा पहिले उजुरीकर्तासँग छलफल गरेको थियो ।

सुनुवाइका लागि प्रस्तावित १२ राजदूतमध्ये तीन जनाविरुद्ध उजुरी परेको छ । कतारका लागि प्रस्तावित रमेश कोइराला, ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल र इजरायलका लागि प्रस्तावित नीरञ्जन थापाविरुद्ध उजुरी परेका छन् । समितिले आजको बैठकमा प्रस्तावित राजदूतहरू नीरञ्जन थापा, प्रतिभा राणा, डा. चोपलाल भुसाल, युवनाथ लम्साल लगायत छ जनालाई सुनुवाइका लागि बोलाएको छ । आज सुनुवाइका लागि बोलाइएकामध्ये इजरायलका लागि प्रस्तावित राजदूत थापाविरुद्ध मात्र समितिमा उजुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार