गोकर्णेश्वर काठमाडौँ, २४ वैशाख । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र मानव निर्मित पर्यटकीय स्थलहरुले भरिपूर्ण गोकर्णेश्वर नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि ठूला दलका प्रमुख पदका उम्मेदवारको मूल नारा ‘पर्यटन प्रवद्र्धन’ बनेको छ ।

चार ठूला दलका नगर प्रमुखका उम्मेदवारले पर्यटन प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखी प्रचारप्रसार अभियान चलाइरहेका छन् । नगरमा अहिलेसम्मका सबै परिवर्तनमा सहादत प्राप्त गर्ने सहिदका नाममा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारक, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायत प्रजातान्त्रिक आन्दोलनका नेताहरुलाई एक दशकसम्म बन्दी बनाइएको सुन्दरीजल बन्दी गृह हाल बिपी सङ्ग्रहालय, प्राकृतिक रुपमा सुन्दरीजल, तारेभीर, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, बाग्मतीको उद्गमस्थल बाग्द्वारलगायत दर्शनीय स्थल छन् ।

सुन्दरीजलबाट उपत्यकामा सबैभन्दा धेरै खानेपानी आपूर्ति गर्ने गोकर्णेश्वर नगरपालिकामा ४७ पदका लागि हुने स्थानीय तहको निर्वाचनमा २०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बाग्द्वारबाट निकुञ्ज हुँदै आउने पानीलाई सुन्दरीजल र महाङ्कालचौरमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । मुहानमाथि नगरपालिकाको वडा नम्बर एकका तीन बस्ती छन् । तामाङ समुदाय बसोवास गर्ने मूलखर्क, ओखरेनी र चिलाउनेको बस्तीलाई स्थानान्तरण गरी शुद्ध पिउने पानी पठाइने मुद्दालाई सबै दलले महत्वका साथ उठाएका छन् । निकुञ्जभित्रको यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा दलहरुको मतैक्यता देखिन्छ ।

नगरपालिकामा साविकको सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्णेश्वर र जोरपाटी गाविस समावेश गरिएको छ । सुन्दरीजल र नयाँपाटी गाविसको दुई नम्बर वडा एक नम्बरमा, नयाँपाटी गाविसको ३ देखि ९ सम्मको वडालाई नगरपालिकाको दुई नम्बरमा राखिएको छ ।

साविकको बालुवा गाविस नगरपालिकाको वडा नम्बर तीन, गोकर्णेश्वर गाविस वडा नम्बर चार, साविक जोरपाटी गाविसको एक र दुई वडा नगरपालिकाको वडा नम्बर पाँच तथा जोरपाटी गाविसको वडा तीन र चार नगरपालिकाको छ नम्बर वडा बनेको छ ।

जोरपाटीको वडा नम्बर पाँच नगरपालिकाको सात, जोरपाटीको वडा नम्बर छ र सात नगरपालिकाको आठ, जोरपाटी गाविसको वडा नम्बर आठ र नौ नगरपालिकाको नौ नम्बर वडा बनेको छ ।

ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेवको मन्दिरका नामबाट पहिले गाविस र अहिले नगरपालिकाकै नामकरण गरिएको छ । भदौ कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन यहाँ स्वदेश र भारतबाट भक्तजनको दिवंगत पितृका नाममा पिण्डदान गर्न भीड लाग्छ ।

पुस कृष्ण औँसीमा विशेष मेला लाग्ने गोकर्णेश्वरमा सोह्र श्राद्धमा श्राद्ध गर्न श्रद्धालु ठूलो सङ्ख्यामा भक्तजन ओइरिन्छन् । तथ्य प्रमाण नभए पनि मानदेवको शासनकालमा बनेको भनी विश्वास गरिने गोकर्णेश्वर महादेवको मन्दिरसँगै ऐतिहासिक गोकर्ण देशे ९प्राचीन नेवारी बस्तीछ ।

बाग्द्वारबाट बहँदै आएकी वाग्मती गोकर्णेश्वरमा आएपछि उत्तरतिर बग्ने भएकाले यो स्थानलाई वैदिक मान्यता अनुसार पवित्र स्थल मानिन्छ ।

उत्तरगया र उत्तरवाहिनी समेत भनिने गोकर्णेश्वरमा आई दिवंगत पितृलाई जलदान, पिण्डदान सहित श्राद्ध गरेमा घर, मामाघर र ससुराली तर्फका सात÷सात पुस्ताले मोक्ष प्राप्त गर्ने शास्त्रीय वर्णन रहेको प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।

पितृतीर्थ धाम भनिने गोकर्णलाई विश्वका हिन्दू धर्मावलम्बीका बीच प्रचारप्रसार गरे पर्यटकीय स्थल बन्न सक्ने विषयलाई सबै दलले उठाएका छन् । गोकर्णेश्वरको महत्वका विषयमा पुस्तक लेख्नुभएका साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ पशुपतिनाथ मन्दिर आउने धार्मिक पर्यटकलाई गोकर्णेश्वरसम्म पु¥याउने गरी प्रचारप्रसार गर्न सके नगरपालिकाको आयआर्जन बढ्ने भएकाले निर्वाचित नेतृत्वको ध्यान यसतर्फ जानुपर्ने उल्लेख गर्नुहुन्छ ।

नेपाली काँग्रेस नगर प्रमुखका उम्मेदवार सन्तोष चालिसे गोकर्णेश्वर क्षेत्रमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विश्वासका आधारमा भारत लगायत विश्वका पर्यटकको आकर्षणको केन्द्र बने पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताउनुहुन्छ ।
नगरस्तरको भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा र फोहरमैला व्यवस्थापन एवम् वातावरणीय शुद्धतालाई दलहरुले प्राथमिकता दिएका छन् । जोरपाटी–गोकर्णेश्वर–सुन्दरीजल सडक सुधार हुनुपर्ने स्थानीयवासीको माग पनि सबै दलको चुनावी मुद्दा बनेको छ ।

नेकपा ९एमाले० नगर प्रमुख पदका उम्मेदवार पुण्यप्रसाद चौँलागाईँ भन्नुहुन्छ – “ऐतिहासिक गोकर्णेश्वर मन्दिर संरक्षण, गोकर्णमा अत्याधुनिक शवदाह गृह निर्माण, राष्ट्रिय सहिद स्मारकलाई पनि पर्यटकीय स्थलसँगै जोडेर विकास गर्ने अभियानमा एमाले लागेको छ ।” चट्टानी बगैँचा, चट्टान आरोहण र प्याराग्लाइडिङ सञ्चालन सहित सुशासनलाई एमालेले जोड दिएको छ । गोकर्णेश्वर–सुन्दरीजल बाग्मती कोरिडोर निर्माण दलहरुले उठाएको अर्को योजना हो ।

नेकपा ९माओवादी केन्द्र० नगर प्रमुखका उम्मेदवार टि आर नेपाल ढल व्यवस्थापन, स्वच्छ खानेपानीको व्यवस्था र पर्यटन प्रवद्र्धन विकासको मुख्य एजेण्डा हो भन्नुहुन्छ । उपत्यकालाई पानी प्रवाह गर्ने गोकर्णेश्वर आफैँ भने पानीको समस्याले पीडित छ ।

“बाग्द्वार, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पर्यटकीय स्थलमा केबुलकार र मेट्र«ो रेल चलाएर पर्यटन प्रवद्र्धन गर्छौं” – उहाँले भन्नुभयो ।
“ सडचालिस सालको संविधान पुनःस्थापनालाई चुनावी नाराका रुपमा उठाए पनि यो नगरमा हाम्रो मूल मुद्दा गुणस्तरीय विकास निर्माण एवम् नगरमा आउने बजेटको सदुपयोग हो” – राप्रपाका नगर प्रमुखका उम्मेदवार श्यामकृष्ण श्रेष्ठ भन्नुहुन्छ ।

चालिसे काँग्रेस, चौँलागार्इँ एमाले, नेपाल माओवादी, श्रेष्ठ राप्रपा, तुलसीराम पौडेल नयाँ शक्ति एवम् सङ्घीय समाजवादी फोरमको गठबन्धन, सुदन थापा मधेशी जन अधिकार फोरम लोकतान्त्रिकले दलीयसहित प्रमुख पदमा ११ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो नगरपालिकामा पाँचजनाले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । स्वतन्त्रमा पञ्चशोभा राई, झोकप्रसाद अधिकारी, शेखर अर्याल, गोविन्दप्रसाद कोइराला र जयराम गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रमुखमा पुरुषलाई प्राथमिकता दिएका दलहरुले उपप्रमुखमा महिला उम्मेदवार बनाएका छन् । काँग्रेसबाट शान्ति नेपाल, एमालेबाट शान्ति श्रेष्ठ, माओवादीबाट रेनु कार्की, राप्रपाबाट सुमित्रा श्रेष्ठ, नयाँ शक्तिबाट अञ्जना श्रेष्ठ र स्वतन्त्रबाट सुनिता चापागाईँ खतिवडा प्रतिस्पर्धामा हुनुहुन्छ । उपप्रमुख बाहेक दुई महिला वडा अध्यक्षमा भिड्नुभएको छ । महिला उम्मेदवार जम्मा ४७ छन् । नौ वडामा २९ दलित महिला सदस्यको उम्मेदवारी परेको छ । नगरपालिकाका तीनदेखि पाँचसम्मको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ ।

विसं २०५४ देखि स्थानीय निर्वाचन नभएकाले यसपटकको निर्वाचनमा जनता उत्सवका रुपमा प्रचारप्रसारदेखि उम्मेदवारीमा उत्साहपूर्ण रुपमा सहभागी भएको पाइन्छ । निर्वाचनबारे चिया पसल, चौतारो र सार्वजनिक स्थलमा बहस चल्न थालेको छ ।

नगरपालिकाको जोरपाटीजस्ता सहरी क्षेत्रमा भन्दा गोकर्णेश्वरबाट सुन्दरीजलतिरको ग्रामीण क्षेत्रमा झण्डा, चुनाव चिन्ह र फ्लेक्स धेरै टाँगिएको देखिन्छ । नगरपालिकामा विसं २०६८ को जनगणना अनुसार एक लाख पाँच हजार जनसङ्ख्या छ । मतदाता २८ हजार ५७ छन् । नगरमा १८ मतदान स्थल र ३६ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले बताउनुभयो ।

यहाँ घर बनाएका आधा मानिसको स्थायी ठेगाना सिन्धुपाल्चोक, नुवाकोट र काभे्रपलाञ्चोक भएकाले मतदान गर्न थातथलोमै फर्कन्छन् । त्यसैले जनसङ्ख्याको तुलनामा मतदाता कम छन् । रासस

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट